एभरेष्ट फनपार्कमा बालिका बलात्कृत

एभरेष्ट फनपार्कमा बालिका बलात्कृत

उर्लाबारी, मोरङको उर्लाबारी–८ दुर्गापुरीस्थित एभरेष्ट फन पार्कमा १२ बर्षीया बालिकामाथि बलात्कार भएको छ ।

दमक घर भएकी बालिका दमककै एक व्यक्तिबाट बलात्कृत भएको खुल्न आएको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राजाराम खड्काले भन्नुभयो–‘आरोपी फरार रहेकोले सबै विवरण नखुलाइएको हो ।’ यद्यपि आरोपीलाई पीडितको जाहेरी अनुसार करणी सम्बन्धी कसुर मुद्दा दर्ता गरिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इन्सपेक्टर खड्काले बताउनुभयो ।

बालिकालाई फनपार्कको कोठामा लगेर जबरजस्ती करणी गरेको पीडित परिवारको भनाई छ । मुलुकी अपराध संहिता २०७४ मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ ।

दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदेखी बीस वर्षसम्म दोषीलाई कैद सजाय हुनेछ ।

सम्बन्धित खवर