लहान / सिरहामा थप कोरोना संक्रमण बाट एकमहिलाको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका -५ का ४५ वर्षीया महिलाको जनकपुर स्थित एक निजी अस्पतालमा कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
महिला लाई स्वास्थ्यमा समस्या भएपछि जनकपुर अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेको पाँच घण्टापछि उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ कार्यलाय सिरहाले जनाएको छ । यो सँगै सिरहामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। भने कोरोना सङ्क्रमित को सख्या २सय ६ जना रहेको जिल्ला स्वास्थ्य कर्यलय सिरहाले जनाएको छ ।