उर्लाबारी नगरपालिका वडा नं. १ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गरिएको छ ।
विहिबार उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारी र वडा नं. १ का वडाध्यक्ष मचिन्द्र कार्कीले संयुक्त रुपमा स्वास्थ्य केन्द्र भवनको शिलान्यास गरेका हुन ।
भवन निर्माणको जिम्मा विराटनगर स्थित भीमेश्वर कन्स्ट्रक्सनले हात पारेको छ । कन्स्ट्रक्सनले ४१ लाख ८४ हजारमा ठेक्का पाएको हो ।
स्थानीय स्तरमै स्वास्थ्य सेवा केन्द्रको स्थापना भएपछि जनताले प्राथमिक उपचार सहज रुपमा पाउने र आफ्नो स्वास्थ्य अधिकार सुरक्षित गर्न सक्ने अवस्थाको सिर्जना हुने वडा अध्यक्ष मचिन्द्र कार्कीले बताए ।
भवन निर्माणका लागि स्थानीय सुशिला लामाले ५० लाख मूल्य बराबरको ५ कट्ठा जग्गा भवन निर्माणका लागि निःशुल्क दिनु प्रदान गरेकी हुन । शिलान्यास गर्दै उपमेयर भण्डारीले उर्लाबारीमा विकासको गतिबिधि तीब्र गतिमा अघि बढेको बताइने । गाउँमै स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण गरिरहेको उपमेयर भण्डारीले उल्लेख गरिन । यस बर्ष ६ वटा वडा कार्यालय बनाउने लक्ष्य राखेको र ३ वटा वडा कार्यालय निर्माण भइरहेको भण्डारीले बताइन ।