बृद्वबृद्वा भत्ता टोल टोलमा वितरण

बृद्वबृद्वा भत्ता टोल टोलमा वितरण

तेह्रथुम, तेह्रथुम जिल्लाको छथर गाउँपालिका ३ नं. वडा कार्यालयले नेपाल सरकारको कार्यक्रम अन्तर्गत प्रत्ये चार–चार महिनामा वितरण गरिने बृद्वबृद्वा, विदुवा र एकल महिला भत्ता टोल टोलमा केन्द्र निर्धारण गरि वितरण गरेको छ ।

हाल कोभिड १९ को नयाँ भेरियन्ट रोगको संक्रमणदर दिन दिनै बढ्दो क्रममा रहेकोले उक्त रोगको नियन्त्रण तथा रोकथाम गर्ने र बृद्वबृद्वालाई सहज रुपमा सेवा सुविदा प्रदान गरी भिडभाडको चाप घटाउनका लागि वडाले भत्ता लिने स्वयम् ब्यक्तिको हातमा पुग्नेगरी भत्ता वितरण गरीएको वडा अध्यक्ष तुलसी जङ्ग थापाले बताउनु भएको छ ।

उक्त गाउँपालिकाको वडा कार्यलय मार्फत भत्ता लिईरहेका तर हाल अन्य ठाउँमा बसोबास गरेको हुनाले वितरण केन्द्रमा उपस्थित हुन नसकेका भत्ता लिनेहरुलाई सप्तकोशी वैङ्क लि. को जुनसुकै शाखाबाट आफ्नो भत्ता रकम झिक्न पाउनेगरीको व्यवस्था मिलाईएको वडा सचिव टेक बहादुर कार्कीले बताउनु भएको छ ।

सम्बन्धित खवर