उर्लाबारी ।
नेपाल तरुण दल उर्लाबारी-३ ले वडामा रहेका निम्न आर्थिक अवस्था भएका र ज्यालामजुरी गरि जिविको पार्जन गर्ने समुहलाई लक्षित गरि सुरक्षा सामाग्री वितरण गरेको छ ।
तरुण दल उर्लाबारीका सभापति रोहित कार्की र वडा नम्वर ३ सभापति प्रतिक पाण्डेको संयोजनमा तरुण युवाहरुको समुहले कोरोना रोकथामको प्राथमिक सुरक्षा सामाग्री मास्क, सेनिटाइजर लगाएत वितरण गरेको छ ।
विहिबार तरुण वडा नम्वर ३ ले वडाका पाकिस्तानी टोल, त्रिबेणी चौक, दुर्गा चौक, नमूना टोल, बाह्रघरे, चन्दनेको केही क्षेत्रमा सो सामाग्री वितरण गरेको हो । साथै सो समुहले कोरोना रोकथाम र जनचेतना फैलाउन अग्रभागमा रहेर कार्य गर्दै आएको मंगलबारे अस्थाई प्रहरी चौकीलाई केही मास्कहरु र सेनिटाईजार वितरण गरेको छ ।
सचेत बनौ सबैमा सचेतना गराऊ भन्ने तरुण युवाहरुको सामाजिक भावका कारण संक्रमणको यो अवस्थामा सकेको सहयोग गरेको तरुण दल उर्लाबारीका सभापति रोहीत कार्कीले बताए ।