उर्लाबारीमा भोली शुक्रवारदेखि एक सातासम्म वजार बन्द

उर्लाबारीमा भोली शुक्रवारदेखि एक सातासम्म वजार बन्द

उर्लाबारी / उर्लाबारी नगरपालिकाका बजार तथा उद्योग व्यवसाय भोली शुक्रवारदेखी एक सातासम्म बन्द हुने भएको छ । कोरोना भाईरसको नयाँ भेरियन्स सहितको संक्रमणको जोखिम पछिल्लो समयमा उर्लाबारी नगरपालिकामा बढ्दै गएकाले अत्यावश्यक बाहेकका व्यवसाय बन्द गर्न उर्लाबारी उद्योग वाणिज्य संघले अपिल गरेको हो । आज बसेको संघको सल्लाहकार सहितको कार्यसमिती बैठकले कोरोनाको जोखिम बढ्न नदिन एक सातासम्म व्यवसाय बन्द गर्न अपिल गरेको अध्यक्ष प्रितम खड्गीले जानकारी दिनुभयो ।

यही बैशाख २४ गते शुक्रवारदेखी एक साता सम्मका लागि अत्यावश्यक बाहेकका बजार पसल बन्द गरिदिनु हुन हार्दिक अपिल गर्दछौँ । अत्यावश्यक पसल पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर संचालन गर्न संघले आग्रह गरेको छ ।

सम्बन्धित खवर