तेह्रथुम / नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण दर वृध्दि हुँदै गएपछि नियन्त्रणका लागि आवश्यक कदम चाल्न नेपाली कांग्रेस सहिदभूमि गाउँपालिका कार्यसमितिले स्थानीय सरकार समक्ष माग गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस शहिदभूमिले तुरुन्त आवश्यक कदम चाल्न माग गरेको हो ।
पार्टीको गाउँपालिका कार्य समितिका सभापति तिर्थ राई र सचिव रुद्र राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोरोना संक्रमणदर नियन्त्रणका लागि स्थानीय सरकारको कामकारवाही फितलो देखिएको र यस विषयमा नेपाली कांग्रेस शहिदभूमि गाउँपालिका कार्यसमितिको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस शहिदभूमिद्वारा जारी विज्ञाप्तीमा यो विषम परिस्थितिमा सम्पूर्ण नागरीक घरैमा बस्न र वाहिर निस्कनै परे स्वास्थ्य सूरक्षाका मापदण्ड अनिवार्य पालाना गर्न गाउँपालिकाबासी र जिल्लाबासीलाई विज्ञप्ति मार्फत अनुरोध गर्दै संक्रमित सवैको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।