रबिन्द्र बराल, रंगेली
मोरङको रतुवामाई ४ स्थित भद्र चोकस्थित मकैबारीमा मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ । मृत भेटिएकी महिला कानेपोखरी गाउँपालिका–१ स्थित होक्लाबारी घर भएकी ३२ वर्षीय सरिता सोरेन भएको प्रहरीले जनाएको छ ।
सोरेन आईतबार बिहान मृत अबस्थामा मकैवारीमा फेला परेकी थिइन् । मृतकका बाबु धनबहादुर सोरेनले छोरीको पहिचान गरेको मोरङ प्रहरीले जनाएको हो । महिलाको शरिरमा चोटपटक लागेको र प्रहरीका अनुसार बलत्कारपछि हत्या गरेको आशंका गरेको छ ।
घटना शङ्कास्पद भएकाले अनुसन्धानका लागि प्राविधिक टोलीसहित तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको थियो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।