उपत्यकाको निषेधाज्ञा वैशाख २९ सम्म थप, बिहान ९ बजेसम्म पसल खोल्न पाइने

उपत्यकाको निषेधाज्ञा वैशाख २९ सम्म थप, बिहान ९ बजेसम्म पसल खोल्न पाइने

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । उपत्यकाका तीन जिल्लामा गत १६ गतेदेखि लागू भएको निषेधाज्ञा बुधबार राति १२ बजे सकिँदै थियो ।

बैठकले पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरेको छ ।

सम्बन्धित खवर