अनुगमनकासाथ परीक्षा सम्पन्न

अनुगमनकासाथ परीक्षा सम्पन्न

पथरी, स्वास्थ्य मापदण्डको पालना गर्दै मोरङको पथरी शनिश्चरे नगरपालिकामा सञ्चालित कक्षा ८ को परीक्षाको अवस्थाका बारेमा नगर परीक्षा समितिले लगातार अनुगमनका साथ परीक्षा सम्पन्न भएको छ ।

नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् आधारभूत तह उतीर्ण परीक्षा सञ्चालन समिति संयोजक शालिग्राम काफ्लेको अगुवाईमा सामाजिक विकास समिति सदस्य भद्रमान विश्वकर्मा, शिक्षा अधिकृत नवीन खुलाल बुढाथोकी सहितको समितिको टोलीले परीक्षाको अनुगमन गरेको हो ।

कोरोना भाइरसबाट बच्न स्वास्थ्यका मापदण्ड पुरा गराएर परीक्षा सञ्चालन गरिएको अवस्था पाइएको र आजसम्ममा विद्यार्थीमा कोरोनाको संक्रमणको अवस्था नदेखिएको समितिले अनुगमनमा जानकारी पाएको छ ।

नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको निर्णय बमोजिम कोरोनाबाट बच्न सचेत रहँदै चाँडो गरी परीक्षा सम्पन्न गर्न शिक्षा समितिले योजना गरेर दैनिक दुई सिफ्टमा परीक्षा सञ्चालन गराएको थियो । कोरोनाको जोखिम बढ्दो क्रममा रहेकाले स्वास्थ्य सतर्कता अपनाएर तत्काल परीक्षा सम्पन्न गरी विद्यालय बन्द गर्ने योजनाका साथ यसबेला तय भएका सवै परीक्षा हिजो सम्पन्न भएको छ ।

सम्बन्धित खवर