पथरी, स्वास्थ्य मापदण्डको पालना गर्दै मोरङको पथरी शनिश्चरेमा पत्रकारका लागि पत्रकार आचारसंहिता र कानूनी सचेतना तालिम चलिरहेको छ ।
पथरी शनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा कानेपोखरी मिडिया प्रालिको आयोजनामा सोमबारबाट तालिम सुरु भएको हो । ३ दिने तालिममा पत्रकार अगुवा यज्ञराज शर्मा, महेन्द्र विष्ट र अधिवक्ता दीपक राई सहितले तालिमको सहजिकरण गर्नुहुनेछ । आज दोस्रो दिनको सहजिकरण प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञराज शर्माले गर्नुभयो । तालिममा पत्रकार आचारसंहिता र पालना गर्नुपर्ने विषयवस्तुका बारेमा छलफल भयो ।