अत्यवश्यक सेवा बाहेकका अन्य सेवा स्थगित

अत्यवश्यक सेवा बाहेकका अन्य सेवा स्थगित

तेह्रथुम, तेह्रथुम जिल्लाकाे लालिगुराँस नगरपालिकाले अाज एक सुचना प्रकाशित गरी अत्यवश्यक सेवा बाहेकका अन्य सम्पुर्ण सेवाहरु स्थगित गरिएकाे छ।
काेभीड – १९ काे नयाँ भेरियन्ट संक्रमणदर दिन दिनै भयवह बढ्दाे अवस्था देखिएकाेले साे राेगकाे राेगथाम तथा नियन्त्रण गर्न र सेवाग्रहीहरुकाे स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै मिति २०७८ साल बैशाख २१ गते मंगलबार देखि बैशाख २७ गते साेबार सम्मलाई अत्यवश्यक सेवा बाहेकका अन्य सम्पुर्ण सेवाहरु स्थगित गरिएकाे वडा नं. – ७ का वडाध्यक्ष तथा नगर प्रवक्ता देबेन्द्र खड्काले बताउनु भएकाे छ ।
निमिक्त प्रमुख प्रशासकिय अधिकृत अाेमबहादुर अाले मगरद्वारा हस्तक्षरीत प्रकाशित सुचनामा स्थगित गरिएकाे अन्य सेवाबाट सेवाग्रहीहरुमा पर्न गएकाे असुविदा प्रति नगरपालिकाकाे तर्फबाट क्षमा माग्दै स्वास्थ संस्था बाहेक नगरपालिकाकाे कार्यालय र वडा कार्यालयहरुबाट दिने सेवा अत्यवश्यक बाहेकका अन्य सम्पुर्ण सेवाहरु स्थगित गरिएकाे अाज प्रकाशित सुचनामा उल्लेख गरिएकाे छ ।

सम्बन्धित खवर