मेयर फागोले गरे आधारभुत स्वास्थ्य सेवा केन्द्रको शिलान्यास

मेयर फागोले गरे आधारभुत स्वास्थ्य सेवा केन्द्रको शिलान्यास

मोरङ । उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागोले सोमबार आधारभुत स्वास्थ्य केन्द्रको शिलान्यस गरेका छन् ।
मेयर फागोले वडा नम्वर २ को आधारभुत स्वास्थ्य सेवा केन्द्रको शिलान्यास गरेका हुन ।
मेयर फागोले स्वास्थ्य सेवा केन्द्रको शिलान्यस गर्दै स्थानिय तहको निर्वाचन पछि वडाका नगरिकलाई सहजरुपमा स्वास्थ्य सेवा उपलव्ध गराउने उदे्श्यका साथ स्वास्थ्य सेवा केन्द्र स्थापना हुन लागेको बताए ।
स्थानीय सरकार आएको लगभग ४ वर्ष सम्म पनि आधारभुत स्वास्थ्य सेवाकेन्द्रहरु नहुदा स्थानिय जनता आधारभुत स्वास्थ्य सेवा बाट वञ्चित रहेका थिए ।
सो अवस्थालई हल गर्ने उदे्श्यका साथ सोमवार मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर २ मा आधारभुत स्वास्थ्य केन्द्रको शिलान्यास गरिएको छ ।
वडा बाट आगामी आर्थिक वर्ष देखि आफ्नै स्वामित्वमा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र बाट स्थानिय जनतालाई सेवा प्रदान गर्ने भएको छ ।
भवन निर्माणका लागि उर्लावारी २ मा बसोवास गर्ने उदय बहादुर कार्कीले हालको चलनचल्तीको मुल्यअनुसार ३० लाख रुपैया पर्ने २ भन्दा बढी जग्गा प्रदान गरेका हुन् ।
अव स्थानिय स्तरमै स्वास्थ्य सेवा केन्द्रको स्थापना भएपछि जनताले प्राथमिक उपचार सहज रुपमा पाउने र आफ्नो स्वास्थ्य अधिकार सुरक्षित गर्न सक्ने अवस्थाको सृजना हुने वडाध्यक्ष राजन कुमार कडेलले बताए ।

सम्बन्धित खवर