गजुरमुखी मोतिदान जेभिले हुलाकी सडक निर्माणमा चरम लापर्वाही

गजुरमुखी मोतिदान जेभिले हुलाकी सडक निर्माणमा चरम लापर्वाही

रबिन्द्र बराल, रंगेली

हुलाकी राजमार्ग निर्माणको क्रममा झापाको रतुवा देखि किस्नी सम्मको खण्डमा कमसल र गुणस्तरहिन सामग्रीको प्रयोग गरेको पाईएको छ ।

ठेकेदार कम्पनी गजुरमुखी मोतिदान जेभीले झापाको गौरीगञ्ज वडा नम्बर ५ भित्र पर्ने चिल्हारा–बालुगाउँ खण्डमा माटोको साटो रतुवाखोलाको गुणस्तरहिन पहेलो बालुवा प्रयोग गरेको पाईएको हो । ठेकेदारले सो सडकको रामचन्द्रे पुल पश्चिमको खण्डमा सडकमा प्रयोग गर्नका लागि नदिको गुणस्तरहिन बालुवा सडक किनारामा राखेको छ ।

सो सडक खण्डमा निर्माणको काम समेत गुणस्तरहिन रहेको स्थानियहरुले बताएका छन् । खजुरगाछी देखि चिल्हारा सम्मको खण्डमा माटोको काममा रोलरले माटो नपेलि कालोपत्रे गरेको पाईएको छ ।

सडकको माटो राम्ररी नपेलिएका कारण सामान्य वर्षा हुदा सडक किनाराको माटो बगेर कालोपत्रे सडकमा समेत क्षेति पुगेको छ । सामान्यतया सडक बिचको सात मिटर फराकिलो पिच र छेउमा दुई दुई मिटर ग्राभेलको क्षेत्रमा एकै पटक माटो फिलिङ्को काम गरिनु पर्ने भएता पनि ठेकेदारको लापरर्वाहीका कारण सडकको काम भने गुणस्तर हिन भएको छ ।

बिचमा कालोपत्रे गरिसकेपछी फेरी साईडमा माटो भरेर रोलर चलाउदा कालोपत्रे कमजोर हुने स्थानीयले बताए । स्थानिय अशोक ताजपुरियाका अनुसार सो सडकमा गुणस्तरहिन सामग्रीको प्रयोगसंगै निर्माण कार्य समेत गुणस्तरहिन रहेको बताएका छन् ।‌

हुलाकी सडक निर्देशनालयले राम्रो अनुगमन नगरेको र जनप्रतिनिधिहरुले समेत बेवास्ता गर्दा सो को फाईदा उठाउदै ठेकेदार कम्पनिले कमसल काम गरेको भेटिएको छ । त्यसैगरि स्थानिय रामलाल सुतिहारले सडक भन्दा निकै अग्लो नालाहरु बनाईएकोले मोटरसाइकल लगायतका साधन लिएर घरबाट बाटोमा निस्कन र बाटोबाट घर पस्न समेत गाह्रो हुने गुनासो गरेका छन् ।

स्थानिय धन बहादुर थापाले ३० मिटर फराकिलो सडक बनाउने सुचना जारी गरेर ३० मिटर क्षेत्र भित्र परेका घर संरचनाहरु हटाउन बाध्य बनाएको तर अहिले सडक ११ मिटरमा मात्र सिमित गरेको बताएका छन् । उनले जनताको घर भत्काएको क्षतिपूर्ति स्थानिय सरकार वा ठेकेदारले दिनु पर्ने माग गरेका छन् ।

गजुरमुखि मोतिदानका प्रमुख बिकास गौतमले भने आफुहरुले गुणस्तरीय काम गरेको भन्दै आएका छन् । रतुवा देखि कमल खोला सम्मको हुलाकी सडकको १८ किलोमिटर सडक बनाउने ठेक्का गजुरमुखी मोतिदान जेभि कन्स्ट्रक्सनले १८ किलोमिटरका लागि ८९ करोड बराबरमा ठेक्का पाएको हो ।

सम्बन्धित खवर