विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासंघ कास्कीका अध्यक्ष भण्डारीद्धारा शुभकामना व्यक्त

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासंघ कास्कीका अध्यक्ष भण्डारीद्धारा शुभकामना व्यक्त

पोखरा : आज मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ ।

युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो ।

प्रेस स्वतन्त्रता दिवसको अवसरमा विभिन्न प्रकारका दमनको सामना गरेका सञ्चारकर्मीहरूप्रति सम्मान व्यक्त गर्दै राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्छन् ।

यसैबीच नेपाल पत्रकार महासंघ कास्कीले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ । महासंघका अध्यक्ष विमला भण्डारील आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र संचारमाध्यमको हितका पक्षमा दृढतापूर्वक उभिइ पत्रकारिताको विकासका लागि कर्म गर्ने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।

‘राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार, र संचार माध्यमको हितका पक्षमा दृढतापूर्वक उभिइ पत्रकारिताको विकासका लागी कर्म गर्ने प्रेरणा मिलोस् भन्ने कामनासहित सम्पूर्ण पत्रकार एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर सबैलाई हार्दिक शुभकामना अर्पण गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

पत्रकार महासंघ कास्कीले कोरोनाको उच्च जोखिमका कारण यस वर्ष भौतिकरुपमा उपस्थित भइ कुनै पनि कार्यक्रम गर्ने वातावरण नभएको भन्दै आजकै दिनदेखि स्वास्थ्य सामग्री वितरण र सदस्यता नवीकरण गरिएका महासंघका सदस्यहरुलाई परिचयपत्र वितरण कार्य शुभारम्भ गर्ने जनाएको छ ।

सम्बन्धित खवर