सिमावर्ती नाकामा शसस्त्र प्रहरीद्वारा सुरक्षा व्यवस्था कडा

सिमावर्ती नाकामा शसस्त्र प्रहरीद्वारा सुरक्षा व्यवस्था कडा

राजेन्द्र महतो, लहान, कोरोना भाइरस महामारी बढदै जादा सिरहाको दक्षिण सिमावर्ती नाकामा
शसस्त्र प्रहरी ले सुरक्षा व्यवस्था कडा गरेको छ।
नेपालमा पनि दिन प्रति दिन कोरोना सन्क्रमित वढदै जादा नेपाल सरकारले सर्बसाधारण लाई कोरोना सक्रमण बाट बच्न नेपाल र भारतको सिमा क्षेत्रमा आवत जावतमा सरकार ले नेपाल भारतको सिमा नाका पुर्ण रूपमा कडाई गरेको हो ।
सिरहाको दक्षिण वर्ती सिमाना नाका इनर्वा , झाझपटी , बडहरी र बरियारपटी नाकाबाट प्रत्यक्ष रुपमा कुनै प्रकारको सरसामान , खाद्यान्न अथवा सवारी साधनतथा सर्व साधारणहरुको आवतजावतमा रोक लगाइएको छ।
शसस्त्र प्रहरी बल बि ओ पी नवराजपुर झाझपटीबाट खटीएका प्रहरी टोलि र सिमा प्रहरी चौकी झाझपटीका संयुक्त प्रहरी टोलिले नवराजपुर गाउँ पालिकामा पर्ने सिमा नाका कडा रूपमा बन्द गरेका छन।
शसस्त्र प्रहरी बल बि ओ पी नवराजपुर झाझपटीका प्रहरी निरीक्षक रामचन्द्र लागेजु श्रेष्ठ र सिमा प्रहरी चौकी झाझपटीका प्रहरी नायव निरीक्षक शैलेन्द्र यादवले कोरोना संक्रमणबाट बच्न सर्बसाधारण लाई सचेत रहन चेतना दिदै बाटोमा हिडने सर्बसाधारण नि:सुल्क माक्स समेत वितरण गरिरहेका छन् ।
त्यस्तै शसस्त्र प्रहरी बि ओ पी बडहरी र
शसस्त्र प्रहरी बि ओ पी बरियारपटीले बरियारपटी गाउँपालिकामा पर्ने सिमाना नाकाबाट कुनै प्रकारको सरसामान , खाद्यान्न अथवा , सवारी साधन तथा मान्छे आवतजावतमा कडाइका साथ रोक लगाइएका छन।
बि ओ पी बडहरी सिरहाका प्रहरी निरिक्षक सुर्य धमलाको कमान्डमा खटिएका प्रहरी टोलिले सिमाना नाका बडहरी , कचनारी र गोरगामा मा २४ औ घण्टा नाका पुर्ण रूपमा कडाई गरेको छ।
बि ओ पी बरियारपटी सिरहाले बरियारपटी गाउँपालिकामा पर्ने सिमाना नाका बन्द गरेका छन।
बि ओ पी बरियारपटी सिरहाले सिमाना नाकाका
विभिन्न क्षेत्रमा प्रहरी ड्युटी कडाइ का साथ तैनाथ गरेका छ्न।
बि ओ पी बरियारपटीका शसस्त्र प्रहरी निरीक्षक रुद्र प्रसाद बुढाथोकी ले सिमाना नाका बाट कुनै प्रकारको सरसामान , खाद्यान्न , सवारी साधन तथा मान्छे आवतजावतमा कडाइका साथ रोक लगाइएका छन। प्रहरीले सिमानाका रोक लगाएता पनि मानिस आवतजावत पनि सुस्त देखिएको छ।
उता भारतीय सिमा सुरक्षा बल ( एस. एस. बी )ले पनि बोर्डर ( नाका ) सिल गरेका छन ।
कोरोना महामारीबाट भारतमा मृत्यु र सक्रमित हुनेको संख्या बढ्दै गएपछि शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले नेपाल र भारतबीचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने र १३ वटाबाट मात्र खोल्ने निर्णय गरेका छ्न।
त्यस्तै अस्थाई प्रहरी पोष्ट शिवचौक सुखिपुर र सुखीपुर नपा वार्ड नम्बर ८ को वार्ड अध्यक्ष हरिवंश महतोले सुखिपुर नगरपालिका बलही हनुमान चौक मामास्क नलगाइ हिडने हरुलाई महामारीमा बिना मास्कले घर बाहिर ननिस्किन सम्झाउदै मास्क वितरण गरेका छन ।

सम्बन्धित खवर