पोखरामा थप ८ जनाको मृत्यु, गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३१ पुग्यो

पोखरामा थप ८ जनाको मृत्यु, गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३१ पुग्यो

पाेखरा : गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आईतवार बिहान प्रेस बिज्ञप्ती जारी गर्दै वैशाख १७, १८ र १९ गते बिहान आईसोलेसनमा मृत्यु भएकाहरुको बिबरण सार्वजनिक गरेको हो ।

अध्यावधिक बिबरण अनुसार गण्डकीमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३१ पुगेको छ । कास्कीको पोखरा महानगरपालिका–१६ का ७७ बर्षिय संक्रमित पुरुषको शुक्रबार दिउँसो होम आईसोलेसनमा मृत्यु भएको छ ।

पोखरा–२६ का ५८ बर्षिय कोरोना संक्रमित महिलाको शुक्रबार बिहान मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको बिज्ञप्तीमा उल्लेख छ । पर्वको कुश्मा नगरपालिका–५ की ७६ बर्षिय महिला र दाङको राप्ती गाउँपालिका–५ का ४३ बर्षिय पुरुषको शुक्रबार नै गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

पोखरा–१६ का ७३ बर्षिय पुरुष र पोखरा–१० की एक महिलाको शुक्रबार नै मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा–१९ का ५४ बर्षिय पुरुषको शुत्रबार गण्डकी मेडिकल कलेजमा र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का ७५ बर्षिय पुरुषको मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीकाका निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिए ।

सम्बन्धित खवर