मोरङ, विराटनगर महानगर सहित नगरसंग जोडिएका गाउँपालिकाहरूमा शनिबार राती १२ बजेदेखि निषेधाज्ञा जारी हुने भएको छ ।
जिल्ला स्थित कोभिड क्राइसिस मेनेजमेन्टको शुक्रबार बसेको बैठकले एक हप्ता निषेधाज्ञा गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले यस्तो निर्णय गरेको हो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको वैठकले विराटनगर महानगर सहित यससंग जोडिएका बुढिगंगा, जहदा गाउँपालिकाका सबै वडाहरु र कटहरी गाउँपालिकाका वडा नं. १,२,३ र ४ नं. वडामा निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
यस्तो छ जिल्ला प्रशासनको आदेश