चनाचटपटे बेचेर श्रीमानको उपचार गर्दै श्रीमती

चनाचटपटे बेचेर श्रीमानको उपचार गर्दै श्रीमती

उर्लाबारी
विजय धिमाल / हरकोही मान्छे आफ्नो परिवार संग रहेर परिवारको खातिर दिन रात नभनि मेहनत गरेको गुजारा चलाएको हामीले देखेका छौ । परिवार भित्र श्रीमान, श्रीमती कि त हुर्के पछि छोराछोरीबाट कमाई गरी परिवार चल्ने गर्दछ । प्राय हाम्रो समाजमा पहिलो भनेको घरमुली अथवा श्रीमान नै हुन ।

फुल फुल्छ झर्नलाई मानछे जन्मन्छ मर्नलाई बास्तवमै यो प्रकृतीको नियमै हो तर बाचुन्जेल आफ्नो सपना, चाहाना, सुखी परिवार, छोराछोरीको हात नलागी उमेर छदै आशा र भरोसाको केन्द्र मानिएको मान्छे संसार छोड्नु वा बिरामी परेर परिवारको समस्या हेरेर कुन्ठीत भएर परिवारको खातिर केही गर्न नसक्नु दुःखदायी हो ।

यस्तै समस्या मोरङको सुन्दरहरैंचा वडा नम्बर ५ गैरीगाउँ बुढीगंगा खोलाको किनरमा बसोवास गर्ने तामाङ परिवारमा आइपरेको छ । जिउदो भएर पनि परिवारको खातिर केही गर्न नसक्ने उनि हुन ४५ वर्षिय धनिराज घिसिङ । परिवारको लागी जोह गर्ने की विरामीको उपचार गर्ने ? हाल आर्थिक अभाबका कारण घर धित्रै थन्किनु परेको अवस्था छ । बिरामीले नछोप्दा जसोतसो धनिराजले आफु र परिवारको खातिर ज्यालामज्दुरी गरी घर धानेकै थिए तर हाल निकै समस्या आइरेको छ उनको परिवारलाई । मात्र तिन जनाको परिवार जस्मा धनिराज उनको श्रीमती र दश वर्षिय छोरा ।

बुढीगंगा खोलाको किनरमा ऐलनि जग्गमा बस्दैआएको झट्ट हेर्दा ज्यादै निम्न अवस्थाको देखिन्छ परिवार । केही महिना अघि बैदेशिक रोजगारकोलागी मेडिकल गर्दा मेडिकल डाक्टरले धनिराजलाई क्यान्सर अस्पताल भरतपुर जान सल्लाह दिएपछि छाँगाबाट खसेझै भई काठमाण्डौबाट घर फर्कीए । आर्थिक अभावका कारण डाक्टरले सल्लाह दिए बमोजीम केही गर्न सकेन । आफन्त र ससुरालीबाट केही सहयोग भएपछि बिराटनगर नर्सिङ होम, काठमाण्डु विर अस्पताल, धरान घोपा चाहारे तर केही पार लागेन ।

केही दिनपछि रिन काडी भरतपुर क्यान्सर अस्पताल गए अस्पतालको प्रकृया अनुसार चेकजाँच भयो तर रिपोर्ट भने ढिलो आयो, रिपोर्ट आएपछि के भएको रहेछ भनि डाक्टर संग बुझ्दा बोन म्यारो क्यान्सर भएको भन्दा होसै उडेको धनिराजको श्रीमती आशा तामाङले बताइन । यति भैसक्दा आर्थिक नभएर केही गर्न सकिरहेको छैनौ, डाक्टरले दिएको औषधि भने चनाचट्पटे बेचेर एक वर्ष यतादेखि जसोतसो खुवाइ रहेको आशा बताउछिन । छोरो सानै छ विरामी रेखदेख, घर व्यहाबार धान्न कठिन छ भन्दै अहिले त श्रीमानले दुबै कान सुन्न छोडेको छ भन्दै मिडियामाझ आँसु झर्दै दुःख पोखीन आशाले ।

हाल सम्म ऋण र्कादै औषधी उपचार, घर व्यहबार गरीरहदा पाँच लाख रकम सकिसकेको र साहुले पनि पैसा माग्न थालिसक्यो अब म के गरुँ भन्दै रोइन आशा । केहि बिकल्प नभएपछि मिडिया डाक्न बाध्य भएको बताइन । सहयोगकै मात्र भर नपरेर म पनि संघर्ष गरिरहेको छु सास रहुन्जेल आश हुन्छ भन्दै मेरो श्रीमानको खातिर वा छोराको भविश्यको खातिर स्वदेश तथा विदेशमा रहनुहुने आम नेपाली प्रति आर्थिक सहयोगको गरीदिनुहुन अनुरो वा बिन्ती गर्दछु भन्छीन आशा ।

सेवा नै धर्म हो तपाई हामीले सामन्य कुरामा खर्च गरीरहेको हुन्छौ त्यसलाई थाती राखेर केही रकमले कसैको गुम्न लागेको जिवन फिर्ता वा भविष्य बन्छभने किन सहयोग नगर्ने ? आउनुस हातेमालो गरौं सहयोगकालागी फोन नम्बर ९८१९०४४३५४ पिडित बिरामी परिवारको ।

सम्बन्धित खवर