पथरी बजारको सडक किनारमा ३०० बोटविरुवा रोपीयो

पथरी बजारको सडक किनारमा ३०० बोटविरुवा रोपीयो

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित पथरी बजारलाई हरित नगरी निर्माण गर्ने कामको थालनी गरिएको छ ।
शुक्रवार बजारलाई हरियाली र सुन्दर बनाउने उद्देश्यका साथ नगर प्रमुख दिलिप कुमार राईको प्रमुख आथिथ्यतामा सो कार्यको थालनी गरिएको हो ।
पथरी वजारको बजार लाईन देखी दक्षिणी वजार क्षेत्र बुद्धचौक सम्मको सडकको क्षेत्रमा विभिन्न प्रजातीका बृक्षहरु लगाइने भएको छ ।
सडकको किनारमा सिमेन्टको गमलामा विरुवाहरु रोपी बजारलाई हरियाली बनाउने र वजारको शौन्दर्यतालाई पनि बढ्वा दिने उद्देश्य रहेको आयोजक वातावरण संरक्षण तथा सामाजिक रुपान्तरण समाज शुन्दरहरैचाका संयोजक होमनाथ पोख्रेलले बताए ।


सडक लाई हरियाली बनाउने र वजारको वातारणलाई शुन्दर बनाउने लक्षका साथ सडक किनारमा साइकस, सरिकापाम, धुपिलण्डन, कोनेसपाम, धुपी गोल्ड्न गरी ७ प्रजातीका ३०० थान फुल फुल्ने नफुल्ने विरुवाहरु रोपीएको छ
कार्यक्रममा बोल्दै नगर प्रमुख राईले सडक किनारमा रोपीएको बोटविरुवाले बजारलाई शुन्दर बनाउने मात्रै नभएर वातावरण संरक्षण परागसेचनमा समेत मद्दत पुग्ने भएकाले अन्य जिवको पनि जिवन रक्षा हुने तर्क राख्दै रोपीएका विरुवाहरुको संरक्षण सवै जना लाग्नु पर्ने बताए ।
कार्यक्रममा वडा नम्वर १ का अध्यक्ष बाबुराम ऐङदेन, वडा नम्वर ६ का अध्यक्ष जय बहादुर तामाङ, स्वास्थ्य नगर संयोजक मुरारी आर्चाय लगाएतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर