३ बुदे सहमति सगै उर्लाबारी-मधुमल्ला सडक खण्डको अवरोध हट्यो

३ बुदे सहमति सगै उर्लाबारी-मधुमल्ला सडक खण्डको अवरोध हट्यो

उर्लाबारी । मोरङको उर्लाबारी-मधुमल्ला हुदै पाचथरको रवि जोड्ने सडक खण्डको उर्लाबारी-मधुमल्ला सडक खण्डमा लगाइएको डाट हटाइएको छ ।
विहिवार उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग बहादुर फागोको पहलमा भएको त्रिपक्षीय छलफल पश्चात उक्त सडक खण्डको ४ स्थानमा लगाइएको डाट हटाइएको छ ।
मेयर फागोको पहलमा बाटो निर्माण तथा माग समितिका अध्यक्ष लक्षमण चेमजोङ सघर्ष समितिका संयोजक मुक्ति प्रसाद पोख्रेल नगर उपप्रमुख लक्ष्मी भण्डारी लगाएत संघर्ष समितिका अन्य सदस्यहरुको छलफल पश्चात उर्लाबारी-मधुमल्ला सडक खण्डको ४ स्थानमा लगाएको डाट हटाएर बाटोको अवरोध हटाइएको हो ।
त्रिपक्षिय छलफल पश्चात बाटोको अवरोध हटाउन उर्लाबारी-मधुमल्ला-दारेगौडा-रवि-दशमी बजार ओलने सडक उपभोक्ता समितिका अध्यक्ष चेमजोङलाई ज्योति निर्माण कम्पनी सग भएको समझौता बमोजिम काम अघि बढाउन पहल गर्ने अख्तीयारी दिने निणर्य सगै १६ दिन देखीको स्थानियको आन्दोलनलाई स्थगित गरिएको छ ।
स्थानियहरुले सघर्ष समितिनै बनाएर बाटो पूनः निर्माणको माग राख्दै बाटोमा ठुला सवारी साधनमा अवरोध पुग्ने गरी डाट नै लगाएर आन्दोलन गर्दै आएका थिए जसका कारण उर्लाबारी-मधुमल्लाको समपर्कमा सकस आएको थियो ।
कार्यक्रममा बोल्दै मेयर फागोले अव सडक संघिय सरकार मातहतमा बन्ने र अहिले झेल्दै आएको समस्या हटेर जाने बताए ।
यस्तै बाटो उपभोक्ता समितिका अध्यक्ष लक्षमण चेमजोङले सडकलाई गत चैतमा नेपाल सरकार बाट नै निर्माण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा गइसकेको र अव यो सडकलाई सघ सडक विभाग अन्र्तगत लगि निर्माणलाई पुणर्ता दिन सडक डिभिजन कार्यालय विराटनगर मार्फत निर्माण कम्पनीलाई पत्राचार गरि निर्माण कार्य अघि बढाइने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यता संघर्ष समितिका अध्यक्ष मुक्ति प्रसाद पोख्रेलले पनि अफु ३ बुदामा सहमत भएको र बाटो निर्माण समितिलाई पुणर् साथ दिएर अघि बढ्न तयार रहेको बताए ।


२०६९ सालमा ठेक्का समझौता गरेर सडक कालोपत्रेको जिम्मा पाएको ललितपुर सातदोबाटोस्थित प्रेराज्योति जेभी कन्स्ट्रक्शनले उक्त सडक निर्माणको कार्यलाई विचैमा विभिन्न वहाना गरी छाडेर गएपछि सडक अलपत्र बनेको हो ।
ठेक्का समझौता भएको मितिले २०७१ जेठमा निर्माण सम्पन्न गरि सम्वधित निकायलाई बुझाउनु पर्ने सहमति पत्रमा हस्ताक्षर गरेको निर्माण कम्पनीको लापरवाहीको कारण र बेपवार्ह सरकारका कारण स्थानियहरुले धुलो,धुवा सडक दुर्घटना जस्ता जोखीम मोल्दै आएका छन् ।
सडक समयमानै निर्माण सम्पन्न नभएका कारण अहिले पाँचथरको रवि बजार र आसपासका बासिन्दाले तराई झर्नु परे मेची राजमार्गको २ सय १३ किमीको घुमाउरो बाटोको प्रयोग गर्नु परिरहेको छ ।
साथै रविबाट तराई झर्ने अर्को बैकल्पीक बाटोको रुपमा रहेको रवि-दमक सडक खण्डमा पनि बर्खायाममा सवारी साधन चल्न सक्दैनन ।
रविबाट झापाको दमक जोड्ने करिब ५९ किमिको सडकको २० किमि खण्ड रतुवा खोलामा पर्छ । सोही कारण वषार्याममा उक्त सडकमा पनि यातायातका साधन बन्द हुन्छन् ।
उर्लाबारी-मधुमल्ला-रवि सडक तयार भए ती दुवै मार्गको विकल्प बन्ने मात्र नभई यात्राको समय पनि छोटिनुका साथै ताप्लेजुङ, पाँचथर र इलामका बासिन्दाका लागि तराईसँग जोडिने सहज मार्गका रुपमा स्थापित हुने थियो ।
उक्त सडकमा रविसम्मको यात्रामा कुनै खण्डमा पनि पक्की पुल निर्माण गर्नुनपर्ने र ‘पूरै सडक कालोपत्रे गर्ने हो भने पूर्वी नेपालको समृद्धिका लागि कोशेढुंगा सावित हुने थियो ।

सम्बन्धित खवर