आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

राजेन्द्र महतो, लहान

सिरहाको सुखीपुर नगरपालिका वडा नं. ७ विश्वकर्मा चौक बल्हि स्थित एक कुखरा फार्ममा विहीवार विहान करिब ७ बजे भएको आगलागीले लाखौको धनमाल जलेर नष्ट भएको छ।

स्थानीय देव शंकर महतो कोइरीको कुखुरा फर्ममा आगलागी हुदा फर्ममा भएको अन्न, लता कपडा लगायत घर पूर्णरुपमा जलेर नष्ट भएको हो । कुखुरा फर्ममा निज महतो अस्थाई रुपमा बसोबास गर्दै आइरहेका थिए ।

आगजनीबाट फार्म रहेको घर, आन्नपात, लत्ताकपडा, लगायतका सम्पुर्ण सामग्री सहित करिब ३ लाख बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ । आगजनी भएको फर्मलाई जोगाउन अस्थाई प्रहरी पोष्ट शिवचोक, स्थानीय र गोलबजार नगरपालिकाको आएको बारुण यन्त्रले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित खवर