इटहरी उपमहानगरद्वारा वजार अनुगमन, म्याद गुज्रिएको सामान जफत गरि नष्ट

इटहरी उपमहानगरद्वारा वजार अनुगमन, म्याद गुज्रिएको सामान जफत गरि नष्ट

इटहरी उपमहानगरले वजार अनुगमन गरेको छ ।

इटहरी उपमहानगरकी उपप्रमुख तथा उपभोक्ता हीत संरक्षण समिति संयोजक लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला प्रशासन,खादय प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय,उपभोक्ता मंच र प्रहरीको सहभागितामा वजार अनुगमन गरिएको हो ।

आज खादय समाग्री वेचविखन गर्ने ९ वटा पसलको अनुगमन गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवेल किशोर भटटराईले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा पसलमा तीन वटा जाम म्याद गुज्रिएको पाइएकोले जफत गरि नष्ट गरिएको छ । ब्यवसाय अनुमति पत्र नलिइ संचालित एक पसललाई तीन दिन भित्र अनुमति लिन निर्देशन दिइएको छ ।

काजु,किसमिस,वदाम विना लेवल वेचखिन गरेको पाइएको छ । खादय प्रविधि तथा गुण नियन्त्रण कार्यालय वाट इजाजत लिएर लेवल राखेर मात्र वेचविखन गर्न निर्देशन दिइएको छ । इटहरीमा वजार अनुगमनलाई निरन्तरता दिइने उपमेयर गौतमले वताउनुभयो ।

सम्बन्धित खवर