पीसीआरको शुल्क बढि लिएमा परीक्षण इजाजत नै रद्ध गर्ने सरकारको चेतावनी

पीसीआरको शुल्क बढि लिएमा परीक्षण इजाजत नै रद्ध गर्ने सरकारको चेतावनी

काठमाडौं, बैशाख १३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूलाई पीसीआर परीक्षण गर्दा तोकिएको भन्दा बढी शुल्क लिए इजाजत नै रद्द गर्ने चेतावनी दिएको छ ।

सरकारले कोरोना सङ्क्रमण पहिचानको लागि पीसीआर परीक्षण गर्दा सरकारी अस्पतालमा एक हजार र निजी अस्पतालमा दुई हजार रुपैयाँ शुल्क तोकेको छ । तर कतिपय अस्पतालले सङ्क्रमण रोकथामलगायतको बहानामा थप शुल्क लिने गरेको पाइएको भन्दै मन्त्रालयले तोकिएको भन्दा बढी शुल्क नलिन भनेको हो ।

यदि कसैले तोकिएको भन्दा बढी शुल्क लिएमा पीसीआर परीक्षणको सूचीबाटै हटाउने चेतावनी पनि मन्त्रालयले दिएको छ ।

 

सम्बन्धित खवर