खड्ग बहादुर तामाङ मृत्यु प्रकरणका मुख्य आरोपी ३७ दिनपछि पक्राउ

खड्ग बहादुर तामाङ मृत्यु प्रकरणका मुख्य आरोपी ३७ दिनपछि पक्राउ

पथरी, मोरङको पथरी शनिश्चरे वडा नम्वर ८ का ५० वर्षीय खड्ग बहादुर तामाङको मृत्यु प्रकरणका आरोपी ३७ दिन पछि पक्राउ परेका छन् ।

तामाङलाई गत चैत ८ गते रातको १ः३० वजेको समयमा केही युवाहरुको समुहले सामुहिक आक्रमण गर्दा उनको उपचारका क्रममा मृत्यु भएको थियो । आरोपीहरु मध्येका मुख्य अभियुक्त अन्दाजी वर्ष १७ का विवेक अधिकारीलाई मोरङ प्रहरीले ३७ दिन पछि चितवनबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक (डिएस्पी) कृष्ण खड्काले बताए ।

अधिकारी सोही वडाका किशोर हुन् । अधिकारी सहित तामाङ कुटपिट प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ भने अन्य ३ जना अझै फरार रहको खड्काले बताए । घटनामा संलग्न रहेका ९ जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कार्वाहीका लागी प्रकृया अगाडी बढाएको उपरीक्षक खड्काले बताए ।

मादक पदार्थ सेवन (मापसे) गरेका १२ जना युवाहरुको समूहले गत चैत ८ गते विहानको राति १ बजेतिर तामाङमाथी अन्धाधुन्ध आक्रमण गर्दा तामाङको टाउकोमा गम्भिर चोट लागेको थियो ।
यसै गरी प्रहरीले विभिन्न ३ ओटा लागुऔषध सम्वधी मुद्धामा फरार रहेका मोरङ पथरी शनिश्चरे वडा नम्वर २ का भिमराज राईलाई पनि पक्राउ गरेको छ ।

सम्बन्धित खवर