उदयपुर : उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित गाईघाट बजारबाट ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ब्राउनसुगरसहित पक्राउ पर्नेमा त्रिनपा(३, मिलनचोकका ३४ वर्षीय श्यामकुमार चौधरी र २८ वर्षीय रेवत खाती रहेका छन्।
सोमबार बेलुकी त्रिनपा–३ को मिलनचोकको एक स्थानमा ब्राउनसुगर कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा सम्बन्धित स्थानमा छापा मार्दा २०० ग्राम ब्राउनसुगरसहित उनीहरूलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ।
दुवैलाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए।