वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
विराटनगर–१५ का ५६ वर्षे पुरुषको सोमबार राति उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषलाई नोबेल अस्पतालबाट गएको बिहीबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो ।
मृतकको शव व्यवस्थापनका लागि तयारी भइरहेको अस्पतालले जनाएको छ।