विदेशबाट आउनेले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने मन्त्रिपरिषद्को निर्णय

विदेशबाट आउनेले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, बैशाख १४ : सरकारले कोरोना भाइरसको जोखिम बढेको निष्कर्ष निकाल्दै देशभरका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ । भौतिक उपस्थितिमा हुने पठनपाठन अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को यसअघि नै बन्द गर्ने निर्णय भईसकेका विषयलाई निरन्तरता दिएको हो । त्यस्तै, सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।

पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा लगाउनुपर्ने सीसीएमसीको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको एक मन्त्रीले जानकारी दिनुभयो । ‘नेपाल ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने क्रम रोक्ने, विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने लगायतका निर्णय भएका छन्’, एक मन्त्रीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर