सेयर विवादले आफै बिरामी ‘नर्सिङ होम’

सेयर विवादले आफै बिरामी ‘नर्सिङ होम’

पोखरा : पोखराको सबैभन्दा पुरानो निजी अस्पताल पद्म नर्सिङ होम विवादमा फसेको छ । अस्पतालको सेयर विषयमा उत्पन्न विवाद अदालतसम्म पुगेको छ भने व्यवस्थापन पक्ष बिरामीको सही उपचार नहुने हो कि भनी सर्वसाधारणले आशंका गर्न थालेका छन् ।

नर्सिङ होम कम्पनीको कुल सेयर पुँजीमध्ये ७९ प्रतिशत सेयरधनीहरुका तर्फबाट सोमबार पत्रकार सम्मेलन गरी आफूहरु अन्यायमा परेको याचना गर्दै अस्पताललाई बचाउनुपर्ने बताए । उनीहरुले गत वैशाख ६ मा आफूहरुलाई थाहा नै नदिई बाँकी २१ प्रतिशत सेयर सदस्य रहेका सञ्चालकहरुले विशेष साधारणसभा बोलाई गरेको निर्णय आफूहरुलाई मान्य नहुने बताए ।

अस्पतालका संस्थापक समेत रहेका डा. कालु शर्मा सुवेदीले पद्म नर्सिङ होमको सञ्चालक समितिले नियतवस नै प्रपञ्च रचेर अस्पतालको सम्पूर्ण सम्पत्ति लिलामी खोजेको, फर्जी झुठा वित्तीय विवरण बनाएर अनुमोदन गर्ने उद्देश्यले मात्र साधारणसभा बोलाइएको आरोप लगाएका छन् ।

साधारणसभाको पत्रमा कसैलाई पनि वित्तीय विवरण उपलब्ध नगराइएकोले सबैको प्रतिनिधित्व गरी आफूले पटक पटक प्रबन्ध निर्देशकसँग र कार्यालयमा वित्तीय विवरण माग गर्दा दिन इन्कार गरेको बताए । कम्पनी रजिष्ट्रारको कार्यालय र स्वास्थ्यका निकायमा कम्पनीको आधिकारिक ठेगाना पोखरा ३ नदीपुर रहेकोमा बलपूर्वक न्यूरोडबाट लेटर प्याड र कम्पनीको छाप दुरुपयोग हुँदै आएको, ऋणमोचन र लिलाम रोक्कासम्बन्धी एजेन्डा र निर्वाचनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयले राखेको कुनै

नि एजेन्डा नराखिएको, उच्च अदालतमा सञ्चालक समितिका सदस्यलाई १३ करोड ११ लाख बिगो वापतको कोर्ट फि राखी मुद्दा दायर भएकोमा आफूहरुको आपत्ति रहेको पत्रकार सम्मेलनमा जनाइयो ।

कम्पनीको २०७४ पुस २२ को वार्षिक साधारणसभाले अनुमोदन गरेको एल के शर्मा एन्ड कम्पनीका लालकृष्ण शर्मा भट्टराईले जारी गरेको आव २०७३÷७४ को लेखापरीक्षण प्रतिवेदन र अन्य आवका सन्दर्भमा कुनै पनि साधारणसभाबाट अनुमोदन नभएको उनीहरुको जिकिर छ ।

विज्ञप्ति जारी गर्नेहरुमा डा. कालु शर्मा सुवेदी सहित डा. नारायण गौतम, डा. जगतबहादुर खड्का, डा. तरुण पौडल, इन्दिरा शर्मा सुवेदी, नरेन्द्र बास्तोला, पोषनाथ शर्मा छन् ।

यसैबीच, कम्पनी अध्यक्ष विनोद तुलाचनले यसबारेको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै अदालतको फैसला पर्खिनुपर्ने बताउँछन् । ‘६८ प्रतिशत सेयर कसको हुने भन्ने अदालतमा परेको मुद्दाको छिनोफोना नभइकिन केही भन्न मिल्दैन । ६८ प्रतिशत मेरो हो भनी हिड्नु हुन्छ नरेन्द्रजीले दाबी गर्दैमा त पाइने कुरा हैन नि,’ तुलाचनले भने, ‘मुद्दा परिसकेपछि कसैले व्यक्तिगत फैसला गर्न मिलेन नि ।’

सेयरधनी नरेन्द्र बास्तोलाले कम्पनीको लिलाम रोक्न १ करोड ५० लाख आफ्नो खाताबाट एनएमबी बैंकमा दाखिला गरेको र झन्डै १ सय जना भन्दा बढी कर्मचारीको रोजीरोटी खोसिनबाट बचाएको बताए । नर्सिङ होमले पढाउँदै आएको पिसिएल नर्सिङ अबदेखि रोकिने भएको छ । विवादमै रुमल्लिँदा गत २ व्याचको भर्ना लिइएको छैन । अघिल्लो सेमेस्टर पढिरहेका ८० जना विद्यार्थी छन् ।

सम्बन्धित खवर