ठाकुर सवार मोटरसाईकललाई ठक्कर दिने सवारी साधनको पहिचान हुन सकेन, ठाकुरको मृत्यु

ठाकुर सवार मोटरसाईकललाई ठक्कर दिने सवारी साधनको पहिचान हुन सकेन, ठाकुरको मृत्यु

उर्लाबारी । आइतवार(हिजो)साझ अन्दाजी ७ः३० वजेको समयमा उर्लाबारीको बक्रा पुलमा मोटरसाईकल दुर्घटनामा परि गम्भिर घाईते बनेका वर्ष २५ का सुरज ठाकुरको मृत्यु भएको छ ।
ठाकुरको उपचारका क्रममा विर्तामोड स्थित विएण्डसी अस्पतालमा मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।
बक्रापुलको पुर्वपट्टिको भागमा मगलबारे बाट उर्लाबारी तर्फ जादै गरेको को २७ प १५९ नम्वरको मोटरसाइलमा सवार ठाकुर दुर्घटनामा परेका थिए ।
दुर्घटनामा परी अचेत रहेका ठाकुरलाई उद्धार गरि उपचारका लागि उर्लाबारी स्थित अरनिको अस्पतालम भर्ना गरिएको थियो ।
त्यहा उपचार सम्भव नभएपछि उनको थप उपचारका लागि बिर्तामोड स्थित विएण्डसी अस्पताल लगिएको थियो ठाकुरको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । ठाकुरको आज (सोमबार) साझ बक्राखोलामा अत्येष्टि गरिएको छ । ठाकुर मोवाइल पसल गर्दै आएका मंगलवारेका युवा व्यावसायी हुन ।
साझको समयमा व्यस्त मानिने सो पुलमा ठाकुर सवार मोटरसाईकललाई ठक्कर दिएर फरार रहेको सवारी साधनको भने २४ घण्टा बितिसक्दा पनि पहिचान हुन सकेको छैन ।
ठाकुर सवार मोटरसाइकललाई ठक्कर दिने सवारी साधनको घटना स्थलमा फेला परेका केही टुक्राहरुका आधारमा र रोडमा जोडिएका सिसिक्यामेराको सहयोगमा इलाका प्रहरी कार्यालय उर्लाबारीले खोजी कार्य अगाडी बडाएको छ
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक राजाराम खड्काका अनुसार ठक्कर दिने सावरी साधनकोे पहिचान नजिक अनुसन्धान पुगेको र निक्र्योल गर्न बाकी रहेको बताए ।

सम्बन्धित खवर