पथरी शनिश्चरेका शैक्षिक संस्था मंगलबार देखि बन्द, बैदेशिक रोजगारबाट फर्कनेले १० दिन होम क्वारेन्टिनमा बस्नुपर्ने

पथरी शनिश्चरेका शैक्षिक संस्था मंगलबार देखि बन्द, बैदेशिक रोजगारबाट फर्कनेले १० दिन होम क्वारेन्टिनमा बस्नुपर्ने

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेका शैक्षिक संस्थाहरु मंगलबारबाट बन्द गर्ने निर्णय भएको छ ।

नगरमा गठन भएको कोरोना भाइरस न्यूनिकरण नगर स्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले नगरमा रहेका सम्पूर्ण शैक्षिक संस्था, जिमहल, अध्ययन केन्द्रहरु, स्वीमिङ पुल, हेल्थ क्लव, सिनेमा हल, साप्ताहिक हाटबजारहरु बन्द गर्ने निर्णय गरेको हो ।

नगरमा परीक्षा चलिरहेका शैक्षिक संस्थाहरुले स्वास्थ्य मन्त्रालयले सिफरिस गरेको स्वास्थ्य मापदण्डको अधिकतम पालना गरेर परीक्षा संचालन गर्न भनेको छ । यस्तै २५ जनाभन्दा वढि भेला भएर सञ्चालन गरिने कुनैपनि कार्यक्रम, दर्शकहरु भेला भएर गरिने कार्यक्रमहरु तथा सभा समारोह समेत नगर्न समितिले निर्देशन गरेको छ ।

यस्ताे छ निर्णय

समितिले नगरमा स्थाइ बासोबास भएको तर बैदेशिक रोजगारबाट आउने भएमा अनिवार्य १० दिन होम क्वारेन्टिनमा बस्न पनि निर्देशन गरेको छ । नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले गरेको निर्णयलाई अटेर गरेमा स्थानीय प्रशासनले कानुनी कार्वाही गर्ने समेत निर्णय भएको छ ।

सरकारले शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन गरेपनि नगरमा सबै शैक्षिक संस्थाहरु सोमबारसम्म खुल्ला रहेका छन् । प्रदेश २ केही स्थानहरुमा भने सरकारको निर्णय नमानेको भन्दै दर्जन वढि प्रिसिपलहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित खवर