नेपालगञ्ज : कोरोनाभाइरसको संक्रमण बढेपछि सोमवारदेखि बाँके जिल्लाभरि लकडाउन हुने भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा वैशाख ९ गतेदेखि लकडाउन लागू भएकोमा सोमबारदेखि जिल्लाभर लकडाउन गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सोमवार मध्य राति १२ बजेदेखि आउँदो २० गतेसम्म लकडाउन गर्न लागिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको निर्णय पालना गर्न आग्रह गरेका छन ।