विराटनगरका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको मृत्यु

विराटनगरका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको मृत्यु

विराटनगर : विराटनगरका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको आइतबार राति मृत्यु भएको छ ।

नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा राति १०ः१५ बजेतिर ४० वर्षीय पुरुषको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–२ घर भएका पुरुषलाई कोरोना पुष्टि भएपछि आइतबार नै उपचारका लागि नोबेल अस्पतालले सङ्क्रमितको उपचारका लागि सञ्चालन गरेको आइसोलेसनमा भर्ना गरिएको थियो । अस्पतालका अनुसार मृतकमा छात्ती दुख्ने र ज्वरो आउने समस्या थियो ।

 

 

सम्बन्धित खवर