मोरङमा १५ गतेदेखि निषेधाज्ञाको तयारी

मोरङमा १५ गतेदेखि निषेधाज्ञाको तयारी

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पाँचसय भन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा १५ गतेदेखि निषेधाज्ञाको तयारी गरेको छ ।

व्यवस्थापन केन्द्रको बैठक बसेर यस्तो निष्कर्ष निकालेको परराष्ट्र मन्त्री तथा सीसीएमसीका सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार पाँचसय बढी सक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञा जारी गर्न भनिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म ९ जिल्लामा सक्रिय संक्रमितको संख्या पाँचसय नाघेको छ । ती मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके र रुपन्देही हुन् ।

बाँकेमा भोलिदेखि एकसातासम्म निषेधाज्ञाको घोषणा गरिएको छ भने रुपन्देहीमा भोलिदेखि नै लागु हुने गरी जोरबिजोर प्रणाली लागु गरिँदैछ ।

सम्बन्धित खवर