काठमाडौँ : कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रमा ५ सय सक्रिय सङ्क्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ ।
जिल्लामा रहेको जिल्ला कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन लागिएको हो ।
योसँगै काठमाडौँ उपत्यकाका तीन वटै सिडिओले पनि संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने तयारी गरेका छन् ।
गत वर्ष उपत्यकाका तीन जनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकबाट निषेधाज्ञाबारे निर्णय हुने गरेकोले अहिले पनि काठमाडौँ, भक्तपुर र ललितपुरले संयुक्त निर्णय गर्ने तयारी गरेका हुन् ।
उपत्यकाका तीन वटै जिल्ला गरी ५ सय बढी सक्रिय सङ्क्रमित रहेका छन् ।