स्ववियु सभापतिद्वारा सुकुना क्याम्पसका प्रमुख चन्द्रमणी राईको कार्यकक्षमा तोडफोड

स्ववियु सभापतिद्वारा सुकुना क्याम्पसका प्रमुख चन्द्रमणी राईको कार्यकक्षमा तोडफोड

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको सुकुना बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख चन्द्रमणी राईको कार्यकक्ष तोडफोड भएको छ । आईतवार दिउसो स्ववियु सभापति सन्तोष लिम्बुद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड भएको विधार्थी स्रोतले बताएको छ ।

तोडफोड पश्चात सन्तोष लिम्बुसगको सम्पर्कमा उनले सामान्य विवादमा घटना भएको जनाएका छन । यता क्याम्पस प्रमुख राईले समेत घटना सामान्य भएको बताएका छन ।

विआईसीटीको एड्मिसनको विषयलाई लिएर विवाद उत्पन्न भएको क्याम्पस प्रमुख राईले बताएका छन । स्ववियु सभापति र क्याम्पस प्रमुख बिचको विवादले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको सिसाको टेबुल फुटेको छ ।

सम्बन्धित खवर