मोरङमा रातको ८ बजेपछि रात्रिकालीन व्यवसायहरु सञ्चालन गर्न नपाइने

मोरङमा रातको ८ बजेपछि रात्रिकालीन व्यवसायहरु सञ्चालन गर्न नपाइने

विराटनगर । मोरङमा पनि दिनप्रति दिन कोरोना संक्रमण बढ्न थालेपछि जमघट हुन नदिने, हाटबजार बन्द गर्ने, रात्रिकालीन व्यावसायहरु रातको ८ बजेपछि बन्द गर्ने तथा मास्कको अनिवार्य प्रयोग गर्ने÷गराउने निर्णय गरिएको छ ।

मोरङमा आइतबार आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन डीसीसीएमसी को बैठकले यस्तो निर्णय गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाका अनुसार उक्त बैठकले खुल्ला सीमा नाकाको फाइदा उठाउदै आवत–जावत गर्ने कार्यलाई पनि व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सिनेमा हल, डान्स क्लब, स्विमिङ पुल, पार्टी प्यालेस, पुटसल, आमसभा, सेमिनार गोष्ठी सबै बन्द गरिने र अनिवार्य मास्क अभियान सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार अटेर गर्नेलाई कारवाही गरिने भएको छ ।

सम्बन्धित खवर