माधव नेपाल र भीम रावलको सांसद पद खोस्ने तयारी

माधव नेपाल र भीम रावलको सांसद पद खोस्ने तयारी

काठमाडौं, १२ वैशाख । नेकपा एमालेले ६ महिनाका लागि पार्टी सदस्यबाटै निलम्बन गरेको वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावलको सांसद पद पनि खोस्ने तयारी गरेको छ ।

नेताद्वयसँगै अन्य केही सांसदहरुमो समेत पद खोसिन लागेको एमाले स्रोतले बताएको छ । त्यसैका लागि अहिले प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको स्थायी कमिटी बैठक बसिरहेको छ ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको हो । आज बिहान १० बजे बोलाइएको आयोजक कमिटी बैठक बोलाएको एमालेले आकस्मिक रुपमा स्थायी कमिटीको बैठक गरिरहेको छ ।

स्रोतका अनुसार बैठकमा पार्टीलाई अपूरणीय क्षति पुर्‍याउन लागेको ठहर गर्दै माधव नेपाल र भीम रावललगायत केही नेतालाई तत्काल सांसद पदबाट पनि निलम्बन गर्नेबारे छलफल भइरहेको छ ।

असन्तुष्ट पक्षले प्रतिपक्ष दलहरुसँग साँठगाँठ गरेर अविश्वास प्रस्ताव दर्ता गर्न लागेको सुइँको पाएसँगै एमालेले उनीहरुलाई संसदीय गतिविधिबाट टाढा राख्न कारवाही गर्न लागेको बताइएको छ ।

 

सम्बन्धित खवर