तत्काल देशव्यापी लकडाउन नगर्ने सरकारको संकेत

तत्काल देशव्यापी लकडाउन नगर्ने सरकारको संकेत

सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने संकेत गरेको छ । शनिबार कोभिड—१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले अहिलेको अवस्थाका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेपनि सरकारले तत्काल देशव्यापी लक डाउनको सम्भावना नरहेको बताएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि अहिलेको अवस्थामा देशव्यापी लकडाउनको सम्भावना नरहेको बताए । एमालेको महाविधेशन आयोजक कमिटी बैठकपछि उनले लकडाउन दिर्घकालिन समाधान नभएकाले अहिलेयसको सम्भावना नरहेको बताएका हुन् ।

उनले भने, ‘अर्थतन्त्र भर्खर तंग्रिन लागेको छ । लकडाउनले कोरोना संक्रमणको जालो त तोड्छ तर त्यो दीर्घकालीन समाधान होइन। कोरोना बढ्यो भने स्थानीय स्तरमा लकडाउन हुन्छ तर राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौं।’

हटस्पटमा भने लकडाउन हुन सक्ने उनले बताए ।

आजको बैठकले कोभिड नियन्त्रणका लागि खटिन पार्टीको संगठनहरुलाई निर्देशन दिएको पनि उनले बताए ।

सम्बन्धित खवर