कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । गत वैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएका श्रेष्ठ छातीमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन् । उनी ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका हुन् । शुक्रबार चेकअपका लागि अस्पताल लगिएकोमा चिकित्सकको सल्लाहमा अस्पतालमा नै राखेर उपचार भइरहेको छ ।

परिवारका बाँकी सदस्यहरु छोरा यमन, छोरी सराना र बुहारी रिंकु होम–आइसोलेसनमा छन् ।

मदनकृष्णले वैशाख ६ गते फेसबुकमार्फत आफूलगायत परिवारलाई कोरोना पुष्टि भएको बताएका थिए ।

सम्बन्धित खवर