नोबेलले अब ७५० रुपैयाँमै पिसिआर परीक्षण गर्ने

नोबेलले अब ७५० रुपैयाँमै पिसिआर परीक्षण गर्ने

बिराटनगरमा रहेको नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं. ३ र क्षेत्र नं. ६ का सर्वसाधरणलाई ७५० रुपैयाँमै पिसीआर परीक्षण गर्ने घोषणा गरेको छ।

नोबेलले दुबै निर्वाचन क्षेत्रका सर्वसाधरणलाई वैशाख मसान्तसम्म सहुलियत दरमा अर्थात ७५० रुपैँयामा नै पिसीआर परीक्षण गर्ने जनाएको हो।

दुबै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने पथरी शनिशचरे, कानेपोखरी, बेलवारी, सुन्दरहरैंचा, बुढीगंगा र विराटनगरका ४५ वटा वडाका बासिन्दालाई ७५० रुपैयाँमै स्वाब संकलनसहित पिसीआर परीक्षण गरिने नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्माले बताए ।

मोरङ क्षेत्र नं. ३ मा पथरी शनिश्चरे नगरपालिका वडा नं. १, २, ३, ४, ७, ८, ९ र १०, कानेपोखरी गाउँपालिकाको वडा नं. ४, ५, ६ र ७, बेलबारी नगरपालिकाको वडा नं. १, २, ३, ४, ८ ९, १० र ११ र सुन्दरहरैंचा नगरपालिकाको वडा नं. १, ८, ९, १०, ११ र १२ नम्बर पर्छन्।

त्यस्तै, मोरङ क्षेत्र नं. ६ मा बुढीगंगा गाउँपालिकाका सात वटै वडासहित सुन्दरहरैंचा नगरपालिकाको वडा नं. २, ३, ४, ५, ६ र ७ र विराटनगर महानगरपालिकाको वडा नं. ४, ५, ६, ७, ११ र १२ समेटिएका छन् ।

सरकारले अहिले पिसीआर परीक्षणको अधिकतम् शुल्क दुई हजार तोकेको छ। मोरङको क्षेत्र नं. ३ र क्षेत्र नं. ६ अन्तर्गत पर्ने ६ वटा पालिकाका ४५ वटा वडाका सर्वसाधरणलाई भने नोबेलले वैशाखभर सरकारले तोकेको भन्दा १ हजार २ सय ५० रुपैयाँ कम शुल्कमै पिसीआर परीक्षण गर्ने भएको हो।

सम्बन्धित खवर