कोरोना सङ्क्रमणका कारण संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन

कोरोना सङ्क्रमणका कारण संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन

संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ ।

कोरोना सङ्क्रमण भएपछि गएको चैत २८ गतेदेखि भेरी अस्पतालमा उपचाररत उहाँको गएराति निधन भएको हो ।

नेपालगञ्ज ३ की ६५ वर्षीया सिद्दिकी २०७० सालमा भएको संविधानसभा चुनावमा नेपाली कांग्रेसबाट समानुपातिक सभासद हुनुभएको हो । मुस्लिम तथा मधेसी समुदायमा शिक्षा, स्वास्थ्यसँगै अधिकारका क्षेत्रमा उहाँ सक्रिय हुनुहुन्थ्यो ।

सम्बन्धित खवर