सिरहामा मास्क नलगाए १ सय जरिवाना

सिरहामा मास्क नलगाए १ सय जरिवाना

लहान, कोरोनाको नयाँ भेरिएन्टले संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले स्वास्थ्य सुरक्षाका लागि कडा निर्देशन दिएको छ । जारी गरिएको निर्देशन अनुसार मास्क नलगाउनेले १ सय सम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।

बिहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरीवाना गर्ने लगायतका निर्णय गरेको हो । बैठकले सिरहाका सम्पुर्ण पालिकाहरुमा क्वारेन्टीन स्थापना र आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलका अनुसार आउने दिनमा संक्रमणको अवस्था अनुसार थप कदम चालिनेछ । सिमा नाकाहरुमा समेत सुरक्षाकर्मीहरुले निगरानी बढाएको कंडेले बताए ।

पछिल्लो समय भारतमा कोरोना महामारी बढेसंगै सिरहा अस्पतालमा एक जना महिला बिरामीमा कोरोना संक्रमण देखापरेको थियो । कोरोना संक्रमण देखिनासाथ सिरहाका सम्पूर्ण सिमानाकामा कडाई गर्न सुरक्षाकर्मीलाई जिल्ला प्रशासन कार्यालय सिरहाले निर्देशन दिएको छ ।

प्रजिअ कंडेलले सिमावर्ती क्षेत्रमा मात्रै नभई बजार क्षेत्र, विद्यालय र विशेष गरि बढी भिडभाड हुने स्थानमा नजान र जानै परे कोरोनाबाट जोगिन सम्पूर्ण स्रोत साधनको प्रयोग तथा स्वास्थ्य मापदण्डको पालन गर्न पनि आग्रह गरेका छन् ।

सम्बन्धित खवर