सिरहामा मास्क नलगाए १०० जरिवाना

सिरहामा मास्क नलगाए १०० जरिवाना

लहान : कोरोनाको नयाँ भेरिएन्टले संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले स्वास्थ्य सुरक्षाका लागी कडा निर्देशन दिएका छन । जारी गरिएको निर्देशन अनुसार मास्क नलगाउनेलाई १ सय सम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।

बिहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरीवाना गर्ने लगायतका निर्णय गरेका हुन । साथै उक्त बैठकले सिरहाका सम्पुर्ण पालिकाहरुमा क्वारेन्टीन स्थापना आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलको अनुसार आउने दिनमा अवस्था अनुसार थप कदम चालिनेछ । सिमा नाकाहरुमा समेत सुरक्षाकर्मीहरुले निगरानी बढाएको उनले बताए ।

पछिल्लो समय भारतमा कोरोना महामारी बढे सँगै सिरहा अस्पतालमा एक जना महिला बिरामीमा कोरोना संक्रमण देखापरेपछि सिरहाका सम्पूर्ण सिमानाकामा कडाई गर्न सुरक्षाकर्मीलाई जिल्ला प्रशासनकार्यालय सिरहाले निर्देशन दिएकाछन् ।

प्रजिअ कणेलले भने सिमावर्तीक्षेत्रमा मात्रै नभई बजार क्षेत्र, विद्यालय र विशेष गरि बढी भिडभाड हुने स्थानमा सक्दो नजान र जानै परे कोरोनाबाट जोगिन सम्पूर्ण स्रोत साधनको प्रयोग तथा स्वास्थ्य मापदण्डको पालन गरिदिनुहुन समेत आग्रह गरे ।

सम्बन्धित खवर