विकाश विरोधीहरु समुह नै बनाएर विरोधमा ओर्लीएका छन्ः मेयर फागो

विकाश विरोधीहरु समुह नै बनाएर विरोधमा ओर्लीएका छन्ः मेयर फागो

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागोले केही व्याक्तिहरुको व्याक्तिगत स्वार्थपुर्ती नहुदा आफ्नो विरोधमा उत्रिएको बताएका छन् ।
मेयर फागोले विहिवार उर्लाबारीको मुख्य चौकमा आयोजित एक कार्यक्रमको सम्वोधनका क्रममा भने-“एउटा समुह व्यात्तिगत स्वार्थपुर्ती नहुदा मेरो विरोधमा अफाह फैलाउदै विरोधमा उत्रिएको छ यसले मलाई र उर्लावारीको विकाश गर्ने कुरामा कुनै नोक्सानी गर्दैन विकाश विरोधिहरु एकदिन आफै टाढीने छन् ।”
समृद्ध उर्लाबारी निर्माण आफ्नो एक मात्र संकल्प रहेका कारण केही विकाश विरोधीहरुले मोर्चाबन्दी गरेर आफु विरुद्ध लाग्दैमा उर्लाबारीको विकाशमा बाधा नपुग्ने फागोको तर्क रहेको छ ।
सडक, विद्युत, पुल, पर्यटन, शिक्षा, कृषि, खानेपानी, स्वास्थ्य, सिँचाइ, उद्योग, व्यापार क्षेत्रको विकाश र प्रर्वद्धनमा नगरपालिकाले काम गरिरहेको बताउदै फागोले आफु जनभावना विपरीत कुनै काम नगर्ने र कसैको व्याक्तिगत स्वार्थपुर्तीका कुनै पनि घटनामा आफु अघि नबढ्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।


जनताले तिरेकोे करबाट आफु एक रुपैयाँ पनि भ्रष्टचार नगर्ने र भ्रष्टाचार गर्न कसैलाई पनि नदिने फागोले प्रण पनि मेयर फागोले गरेका छन् ।
विहिवार उर्लाबारी उद्योग वाणिज्य संघले नगरपालिका क्षेत्रभित्रका उद्योग, ब्यापार, ब्यवसाय र विकास निर्माणको लागि स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको थियो । सोही कार्यक्रमलाई सम्वोधन गर्दै फागोले यस्तो बताएका हुन
कार्यक्रममा उध्योग वाणीज्य संघ उर्लाकारीका अध्यक्ष प्रितम खड्गीद्धारा प्रस्तुत २२ बुद्धे ध्यानाकर्षण पत्र नगर प्रमुख फागोलाई बुझाइएको थियो ।
ध्यानाकर्षण पत्रमा जिणर् अवस्थामा रहेको उर्लाबारी -मधुमल्ला सडक, उर्लाबारीदेखी रवि सम्म सडक निर्माण, उत्तर र दक्षिणतर्फका स्थानीय तहसँग जोडिने सडकलाई फराकिलो बनाउन, वडा नम्बर ५ र ६ सहित बजार क्षेत्रमा हुने ढल निकासको समस्या, व्यवसायिक कर, घरबहाल कर, फुटपाथमा रहेका टहराको व्यवस्थापन,नगरभित्र रहेका पर्यटकीय क्षेत्रको प्रबद्र्धन, गुणस्तरीय शिक्षा, सडक किनारमा बृक्षरोपण लगायतका विषय उल्लेख गरिएको छ ।
कार्यक्रममा उर्लाबारी उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष तेजकुमार रिजालले ब्यापार, ब्यवसायसहित नगर विकासका लागि खाका प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिब रामबहादुर थापाले गर्नुभयो थियो । कार्यक्रममा स्वागत मनतव्य सघका उपाध्यक्ष विनोद न्यौपानेले राखेका थिए

सम्बन्धित खवर