राप्रपाका तीन केन्द्रीय सदस्य एमाले प्रवेश

राप्रपाका तीन केन्द्रीय सदस्य एमाले प्रवेश

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन केन्द्रीय सदस्य नेकपा एमाले प्रवेश गर्नुभएको छ । राप्रपाका केन्द्रिय सदस्यहरु राजेन्द्र पाण्डे, नवीन पौडेल र नारायण आचार्य एमालेमा प्रवेश गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा तीनै सदस्यलाई प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाई नेकपा एमालेमा प्रवेश गराउनु भएको थियो । उहाहरुसँगै सयौं राप्रपाका कार्यकर्ता पनि एमालेमा प्रवेश गरेको नेताहरुले जानकारी दिनुभएको छ ।

सम्बन्धित खवर