गाउँपालिका अध्यक्ष होटलबाट रंगेहात पक्राउ

गाउँपालिका अध्यक्ष होटलबाट रंगेहात पक्राउ

भोक्राहा नरसिंह गाउँपालिकाका इनरुवाका अध्यक्ष महेन्द्र प्रसाद यादव धरानको एक होटलमा महिला सहित पक्राउ परेका छन्।

सुनसरीका प्रहरी प्रमुख कमल थापाका अनुसार उनी धरान स्थित डुकु भन्ने होटलमा एक महिलासंग निवस्त्र रुपमा पक्राउ परेका हुन् । उनले एक इनरुवाकै महिलालाई जागिर लगाइ दिने प्रलोभनमा होटल लगेर जबरजस्ती करणी प्रयास गरेको जानकारी प्राप्त भएको छ ।

अध्यक्ष दिउँसो नै सरकारी गाडीमा होटल आएको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए भने प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरिहेको जनाएको छ ।

सम्बन्धित खवर