नेदरल्याण्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिँदा नेपाल फाइनलमा प्रवेश

नेदरल्याण्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिँदा नेपाल फाइनलमा प्रवेश

काठमाण्डाै : त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत नेदरल्याण्ड्स र मलेसियाबीचकाे खेल बराबरीमा सकिएको छ ।

पटक–पटक पानी परेर बिथोलिएको खेलमा मलेसियाले जितका लागि १० ओभरमा ९२ रनको लक्ष्य पाएको थियो । तर मलेसियाले १० ओभरमा चार विकेट गुमाएर ९१ रन मात्रै बनाएपछि खेल बराबरीमा सकियो र दुवै देशले एक/एक अङ्क बाँडे ।

यसअघि पानी परेपछि १३ ओभरमा झारिएको खेलमा नेदरल्याण्ड्सले १३ ओभरमा चार विकेट गुमाएर एक सय सात रन बनायो । उसका लागि बेन कुपरले अविजित ५४ रन बनाए । मलेसियाका मोहम्मद वाफिकले दुई विकेट लिए ।

नेदरल्याण्ड्सले १० ओभर दुई बलमा तीन विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा पानी परेपछि खेल केहीबेर रोकिएको थियो । आजको खेल बराबरी भएसँगै नेदरल्याण्ड्स र नेपाल फाइनलमा पुगेका छन् । मलेसिया भने बाहिरिएको छ ।

नेदरल्याण्ड्सको पाँच अङ्क भएको छ भने नेपालको चार अङ्क रहेको छ । मलेसिया एक अङ्कसहित पुछारमा छ । भोलि नेपालले मलेसियासँग खेल्नेछ ।

सम्बन्धित खवर