एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता

एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता

काठमाण्डाै : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका ओली र नेता नेपालबीच नक्सालको होटल मेरियटमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँहरूबीच पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा विचार, विमर्श सुरु भएको हो । गएकाे पुस ५ गते प्रतिनिधि सभा विघटनपछि उहाँहरूबीच संवाद हुन सकेको थिएन ।

मङ्गलवार (हिजो) प्रधानमन्त्री ओलीले नेता नेपालसहित २७ जना सङ्घीय सांसद र चार जना प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोधेपछि बुधवार (आज) नेता नेपालले ओलीलाई भेट्नुभएको हो । ओलीले हिजो २७ जना सङ्घीय सांसद र चार जना प्रदेश सभा सदस्यलाई सांसद पदबाट किन नहटाउने भनी स्पष्टीकरण सोध्नुभएको थियो ।

सम्बन्धित खवर