आज देशभर २ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर पिसीआर परीक्षणबाट २ हजार २ सय २० र एन्टीजेन परीक्षणबाट १ सय ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँ ७ सय ८६, ललितपुरमा १ सय ८१ र भक्तपुरमा ८४ गरी काठमाडौँ उपत्यकामा मात्रै १ हजार ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ८९ हजार ७ सय ८७ पुगेको छ ।
१० हजार ५ सय ८२ सक्रिय सङ्क्रमितमध्ये १ सय ८० जनाको आइसियु र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणका कारण आज थप १० जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार १ सय १२ पुगेको छ ।
कोरोना सङ्क्रमणबाट आज २ सय ८७ जना निको भएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७६ हजार ९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।